त्यो रहरसँग
त्यो चाहनासँग
त्यो लक्ष्यसँग
त्यो भ्रुण रगतको डल्लो बन्दै
पेटभित्र छटपटाउँदा
होस् या त
बुर्कुसी मार्दा होस्
आफ्नो जीवन च्याखे दाउ थापेर
प्रसव पीडामा छटपटाउँदा
होस् या त
मृत्युसँग पौठेजोरी खेल्दै
सन्तान धर्तीमा पाइला टेकाउँदा होस्
ऐया भन्न समेत कन्ज्युस्याइ गर्ने आमा
आफू मरेर अरुलाई बचाउने
आफू जलेर अरुलाई तताउने
सृष्टि आमाबाट नै हुन्छ
आमा भन्नु नै ब्रमाण्ड हो
इश्वर भन्नु नै आमा हो
कस्ले भन्छ इश्वर आमा भन्दा ठुलो हो ?