निरन्तर चलिरहने समयको खुट्टाजस्तो
कलकल नदिसँगै पवनको झोकाजस्तो
उदाउँदो रविकिरण संन्ध्याको क्षितिजजस्तो
सधै उस्तै उही गति सत्ताशक्ति मोहजस्तो ।
दुःखलाई मजाक ठान्ने निर्दयीको छात्तीजस्तो
खातका खात चाङ लागेका बलत्कृत लासजस्तो
हरेक समय सरिरहने सिमानाको खम्बाजस्तो
उस्तै दिन उस्तै रात गरिब दुःखी जीवन जस्तो ।
आन्दोलनमा बगिरहने सहिदको रगतजस्तो
आँसु पिएर बाँचिरहने वीरकी आमाजस्तो
क्रान्तिका दस्तावेजहरु गांड छोप्ने गलबन्दिजस्तो
छलको खेती मौलाएको म जन्मिएको देशजस्तो ।
भ्रष्टचारको आचारमन्त्र वेदको ऋचाजस्तो
मृत्युको भन्सारगेटमा बिचौलियाको ठेक्काजस्तो
सरकारको सवारीमा तामझामको मेलाजस्तो
जिम्दारको दर्शन भेटमा रैतीको सलामीजस्तो ।
देशका मुख्य अंगहरु मुखियाका कारिन्दाजस्तो
न्याय निसाफ पैरबी सुन्दा गोर्खातिर जाउँजस्तो
विद्वानका तर्कहरु सत्य युगको स्तुतीजस्तो
दाकुलको झल्को दिने एका देशको कथाजस्तो
आफ्नो भाषा आफ्नै भेष जय जनता जय देश ।
(रुपाटार, उदयपुर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।