मलाई मन पर्दैन त्यो हाँसो
जुन हासोले अरुलाई गिज्याँओस्
आफू माथि परी अरुलाई तल झारी
मन दुख्नेगरी हृदय बिझ्नेगरी
अहंले भरिएको हाँसो
साँच्चै मलाई मन पर्दैन ।
हाँसो त फूलजस्तै हुनुपर्छ
जूनजस्तै हुनुपर्छ
प्रभातमा हरियो दुबोमाथि टल्किएका शीतजस्तै
सूर्योदयसँगै देखिएका हिमालजस्तै
कलकल बगेकी नदीजस्तै
बताससँगै रमाएका बनस्पतीजस्तै
हो, हाँसो यस्तै हुनुपर्छ ।
दुखेको मन हसाउँने खालको
आफू दुख्दा पनि अरुको खुसी समेटिने खालको
दुष्मनले पनि ईर्ष्या गर्ने
कपट नबोकिएको
सबैको मन मष्तिष्कमा छुने
हो, हाँसो यस्तै हुनुपर्छ ।
(काठमाडौं)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।