ती रनभुल्लमा परेका आवाजहरु ती सम्प्रेषण गर्न नसकेका पीडाहरु अबोध मानव, अनौठो रोगब्याधी अब्यक्त उच्चारणहरु निस्सासिंदै । धर्ती सहँदैछे बर्षिएका लात र चोटहरु प्रकृति छातीमा हात राखी निःशब्द निस्पन्द टुलुटुलु हेर्नुसिवाय धैर्यधारणमा मौन आतङ्क सहँदैछे । रंगहरुको खोजीमा तल्लिन ती मानवहरु विवशताको हुरीले हुईंक्याइएझैँ हुत्तिएर भेन्टिलेटरको सहारा चुम्न बाध्य खुलेआम मृत्युको बरदान मागिरहेछन् । ती दुखित आवाज सुन्ने कस्ले ? भित्रभित्रै थुप्रिएका अनगिन्त लाशहरु बिचित्र शहर, गाउँ अनि बस्तीहरु शोकमग्न संसार र लाचार मानिसहरु । अब आँसुको मूल्य पनि कस्ले बुझ्ने मानिसको तगारो मानिस, छैन मुक्ति बसन्त ऋतुमा मौलाएको प्रकृति झस्किँदै निरीह बन्दै गुमनाम छे । पुण्य प्राप्तिका लागि स्नान गर्ने ती बाग्मतीजस्तै अनेकन नदीहरु मैलिदै छन् विनाहिचकिचाहट स्तब्ध पृथ्वीको प्रलयसँगसँगै । (काठमाडौं)