(१) तिमी गीत हौ तिमी नै जुन हौ यो मनमा गुन्जिने मीठो धुन हौ कुरा काटिरहन्छ काट्न देऊ दुनियाँलाई कसी लाउनु पर्दैन नम्बरी सुन हौ । (२) बिबाह हुँदैछ रे बिहेको खबर पठाउनु गर्न बाँकी के छ मसङ्ग रहर पठाउनु तिम्रो जन्ती मेरो मलामी भेट हुनसक्छ म हेरिरहन्छु तिमी तिर नजर पठाउनु । (३) त्यही दिनदेखि हाम्रो सम्बन्ध फाटिएको हो थाहा भयो तिमी आफै म बाट टाडिएको हो अरुले नै तिमीलाई वर माला लगाउने भएपछि आफ्नो इज्जत जोगाउन आफै हात काटिएको हो ।