(१)
घुम्तीमा यसै गरी मोडिएर समुन्द्रमा बहदै जाने हो
जाँदै गर्दा जस्तोसुकै पीडा आए पनि सहँदै जाने हो
गन्तव्यमा नपुगुञ्जेल थुप्रै उतार चढाव आइरहन्छन\
अरुले दिने सहानुभूति हो दुख आफैँ कहदै जाने हो ।
(२)
जताततै हिमाल पहाड तराईले घेरेको देश नेपाल
सयौँ जात जातिले मिठो श्वास फेरेको देश नेपाल
डाँफे मयूर यतै नाच्छन् साँच्चै सुन्दर छ यो देश
नागबेली आकारका सयौँ नदीले बेरेको देश नेपाल ।
(३)
नेपाली छातीबाट बहेका हामी वैरीसामु झुक्ने छैनौँ
नरोकीकन सागर पुग्ने हो स्वार्थले कतै चुक्ने छैनौँ
गण्डकी कोसी कर्णाली समेत हामी नेपालीका गहना
रोक्न नखोज्नु अविरल बगिरहन्छौँ हामी सुक्ने छैनौँ ।
(गुल्मी)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।