मैले छाडिसकेँ
पछ्याउन
आमाको धोतीको फेरो समाएर
पछि लाग्न
बाबाको औँला समाएर
एक खुट्टा उचालेर बजार जान् ।
मैले छाडिसके
साथीहरूसँग गुच्चा खेल्न
अनि लुकामारी खेल्न
मैले छाडिसकेँ
गोठालो जान /बिद्यालय जान
कट्टु लाउन,/झोला बोक्न ।
धेरै चिज छाडेको छु
जस्तो कि
दूध चुस्न
सिँगान पुछ्न
रूदै सताउन
झलुङ्गोमा सुत्न
उमेर चडदै जाँदा
ज्यान बडदै जाँदा
छाडिसकेँ
अभिवादन गर्न, नमस्कार गर्न ।
बाल्यकाल का साथीहरू
स्कुल कलेजका साथीहरू
आफन्त अनि हितैषीलाई बिर्सिसकेँ
हात मिलाउन,/अंकमाल गर्न
सबै सबै जोसंग जे गर्दथेँ
मैले छाडिसकेँ, बिर्सिसकेँ
जे गर्थेँ त्येसो गर्न ।
किनकि
सबैभन्दा ठूलो “म” भएको छु
सबैभन्दा राम्रो “म” भएको छु
तिम्रो नजरमा उचाइको मापन गर्ने
सामर्थ्य नभएपछि
तिम्रो चेतनाको दियोले
मेरो प्रतिबिम्ब नभेटेपछि
मैले सबै थोक त्यागेको हुँ
मैले सबैचिज बिर्सेको हुँ ।
र, त आजबाट
त्यागेका, बिर्सेका र छाडिसकेका
सबै कुरा हरू
एकपटक तिमिलाई
सम्झेर, सम्झाएको हुँ ।
(तनहुँ)