समाचारदाता
बोस्टन, अमेरिका
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ ।
अन्तर्राष्ट्रिय महिला दिवशको अवशर पारेर आयोजना गर्न लागिएको प्रतियोगितामा विश्वभरका महिलाले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताका लागि दुई सय शव्दसम्मको कविता पठाउन समितिले अनुरोध गरेको छ ।
महिला जनजीवन माथि लेखिएको कवितालाई विशेष प्राथमिकता दिइने विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने छ भने द्वितीय र तृतीय हुने कवितालाई क्रमशः तीन सय र दुई सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने छ । कविता मा २० मार्च २०२१ सम्ममा प्राप्त भइसक्नु पर्ने छ ।
प्राप्त कविताहरू मध्येबाट निर्णायक समितिले छनोट गरेको उत्कृष्ट कवितालाई १८ अप्रिलमा आयोजना गरिने कार्यक्रममा वाचन गराइने आयोजक समितिले जनाएको छ ।