भुइँतिर आँखाहरू
अस्ताचल पछ्याउँदै सामथ्र्य
झुकेको शिर
आत्मविश्वास निदाएका युवाहरू ।
दोबाटोमा गन्तव्य
देउराली नपुगेको क्रान्ति
निजी सुखपारखी
विचारविहीन थुप्रिएको भीड ।
स्वविज्ञापनको बिगबिगी
निरन्तर अलपत्र सत्पात्रहरू
रमाउँदै वाक्पटुहरू
संस्था हुल्दै भुमरीमा ।
सताउँदै महामारी
उपयोग गर्दै पदाधिकारीहरू
व्यायाम शालाका गुटहरू
खनपिनमा परिचालित संयन्त्र ।
पर्दाभित्रै दाउपेच
नजर अन्दाज जनताका बेथाहरू
पटुकाभित्रै भोकहरू
खाँडीको बालुवाभरि पसिना ।
उर्वर मातृभूमि
रुखिँदै गयो उर्जाशक्ति
स्वाधीन भूगोल
चेतहीन उभिएको बागडोर ।
पटकथाका अगस्तिहरू
दोहोरीमा विलासका पोकाहरू
गुफा पस्दै युवा जाँगर
भकारोमा बूढो बयल ?