(१)
छोरी भनेर मलाई, रुवाउँछौ भने
हेला गरेर जहर, खुवाउँछौ भने
अब कहिल्यै आमा बन्दिन म
गर्भै जाँचेर छोरी, तुहाउँछौ भने ।
(२)
गाह्रो मान्छन् सँगै राख्न, एउटी आमा अटाएर
हेला गरी आमा खेद्छन, घरको सँघार कटाएर
देवी देउता राखी घरमा, पूजा गर्छन् मान्छेहरु
जन्म दिने आफ्नी आमा, बृद्ध आश्रम पठाएर ।
(३)
सारै मुटु दुख्यो आज, सायद चिरा परेको छ
जति रोक्न खोज्छु आँशु, उति उति झरेको छ
सन्तानले फालेको बाबु, सडकमा अलपत्र देखेपछि
अब कहिल्यै बाबु बन्दिन्, मेरो रहर मरेको छ ।
(४)
घरमा बुहारी आएपछि, भान्सा भिन्न भिन्न भयो
जग्गा जमिन धन सम्पत्ति, सबै छिन्नबिन्न भयो
छोरा पाउँदा मख्ख पर्थें, सुख होला भन्ने ठान्थेँ,
अचेल छोरै बोल्न छोड्यो, मनै खिन्नखिन्न भयो ।
(५)
आमाको गुन देख्छन् सबै, बाउ ओझेल परेको छ
बाउले पनि सन्तान भनी, कति दु:ख गरेको छ
आमाको काख भन्छन् सबै, काखकै मात्र कुरा गर्छन्
बाउले पनि सन्तान बोक्दा, काँधको छाला मरेको छ ।
(काठमाडौं)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।