गाउँघरमा जो कसैलाई गाह्रोसाह्रो परे दुःख अप्ठ्यारो परे सबैले पुकार्ने एउटै नाम हो ‘धनबहादुर मुखिया ।’ हुनत बैंक सहकारीले भन्दा चर्को ब्याज असुलेपनि आफ्नो समस्या खुलाउनसाथ बिना झन्झट रुपैयाँ पैसा दिई नै हाल्थे । आर्थिक कुरामात्र हैन घरमा चुलो नबल्ने भयो भनेपनि घनबहादुर कहाँ गाउलेहरू राशनको जोहो गरिदिनुप¥यो भन्दै पसारो पर्ने गर्दथे । बाजेको पालादेखि नै गाउलेहरू दुःख सुखमा यसैगरी गर्जो टार्दै आएका थिए ।
धनबहादुर अनि उनका पुर्खाले मठमन्दिर, पाटिपौवा, चौतारी लगायतका सामाजिक सरोकार र महत्वका स्थानमा हृदय खोलेरै सहयोग गर्दै आएका थिए । गाउँ घरमा आइपर्ने समस्या झैझगडा मिलाउनेदेखि समस्या परेका बखद समाधानमा तुरुन्त हाजिर हुन्थे धनबहादुर ।
देश बिदेशमा फैलिएको महामारीले गाउँघर अछुतो रहेन । अस्तिसम्म वैदेशिक रोजगारीबाट फर्केर अलपत्र परेका युवाहरूको व्यबस्थापना अग्रसर भएर धनबहादुर लागेका थिए । अचानक धनबहादुर हिजैबाट ज्वोरोसँगै झाडापखाला लागेर घरमै थलिएको खबर गाउँघरमा एकाएक फैलियो । तर धनबहादुरलाई सोधखोज गर्न गाउँले छरछिमेकी कोही पनि आएनन् । धनबहादुर आँगनमा खेल्दै गरेका नातिनातिना हेर्दै के के सोच्दै थिए । मनभित्र केही आशा र भरोसा लिएर पर भञ्ज्याङ्सम्म कोही आउँदैछ कि भन्दै हेर्दाहेर्दै टोलाउँदै थिए । एकतमासले टोलाउँदै थिए ।
(तनहुँ)