तिमीले उन्मुक्ति रोज्यौ
मृत्यु रोज्ने त
ओखरघारीको पाखोमा उहिले
लहरै गाडिएका
चिहानहरुसँगै छ ।
तिम्रो चरित्र फेरिए पनि
तिम्रो विचार बदलिए पनि
ऊ त उही विचार र चरित्रसँगै
काफलघारीको पाखोमा
गाडिएको अवस्थामा
अझै कङ्कालसँगै छ ।
जुन विचार बोकेर तिमीले
आगोमा होमिन सिकायौ
तिमीले त्यो विचार छोड्छौ भन्ने
थाहा पाएन उसले
सोचेन, उसले सोच्दै सोचेन ।
ऊ मर्नु पर्ने कारण अब छैन ।
उसलाई सिकाउनेले गुमनाम बनायो
तिमीले सोफामा हास्ने र रमाउने मौका पायौ
उसले थाङ्ने चटाइमा सुतेर रुन पाएन
आसुमा पनि भिन्नता
तिमीमा खुशीको अश्रुधारा
उसका सन्तानहरुमा दुखको बलिन्द्रधारा ।
भोक लाग्दा मात्र क्रान्ति, जनआन्दोलन
अघाएपछि
सहरमा झण्डा बोक्दा
सडकमा ढलेका रक्ताम्मे छाती र
प्रहरी चौकीको सिलिङमा
छर्किएका रगतका टाटाहरु
स्मृतिबाट हराए, बिर्सिए ।
दिशा बदलेर आउँछ हुरी
खडेरीको जङ्गल जलाएर आउँछ
चिहानका लास उठाएर आउँछ
दरबार, घरटहरा, हरिया वृक्ष ढलाएर आउँछ
हुरी चलिरहन्छ
(रुकुम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।