बेफिक्री खेलियो
पानी जिन्दगीको ।
आफ्नै हातबाट
आफ्नै खुट्टाबाट
शिरबाट
मस्तिष्कबाट
आँखाबाट
मुटुबाट
बगिरह्यो पानी
र
विलायो
माटोमा
बाटोमा
एकान्तमा
भिडमा
पाखामा
पखेरामा
शहरमा
सडकमा
खोलामा
नदीमा
वतासमा
समुन्द्रमा।
धेरै पानी बगिसके पछि
आज अनुभूति भै रहेछ
घट्दै छ पानी
जिन्दगानीको ।
माटोमा बिलाएको पानी
टिपेर फेरी लिन नमिल्ने
फारो गरेर जिन्दगी
जिउन नमिल्ने।
(सिड्नी अस्ट्रेलिया)