काठमाडौं, ७ भदौ ।
लिगलिग साहित्य समाज, गोरखाले मोती जयन्तीको सन्दर्भ पारेर बिशेष गजल वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष सुरेन्द्र देवकोटाले सहजीकरण गर्नुभएको सो कार्यक्रममा विश्वका विभिन्न मुलुकमा रहनुभएका गोरखाली स्रष्टाहरुको सहभागिता थियो ।
कवि नारायण प्रसाद पोखरेल, डा. राजुबाबु श्रेष्ठ, डा. ऋषि बस्ताकोटी, दिपक कथित, प्रदिप रोदन, भरतबाबु ढकाल, नमिता दवाडी, गणेश बाबु अधिकारी, प्रकाश क्षणिक, निशान निस्कर्ष, रमेश भट्ट साधु, राज गुरुङ, भाइकृष्ण सुनार, कृष्ण महत लगायतका सर्जकहरुले गजल वाचन गर्नुभएको थियो ।
गजल बिशेष सत्रपछि अर्को सत्रमा अन्य रचना वाचन गरिएको थियो । जसमा डा. माधवी भट्ट, ईन्द्र रेग्मी, केशव बस्नेत, बिजय रानाभाट, गीता रेग्मी, ईन्द्र कुमारी देवकोटा, राजेश सुनाम लगायतका सर्जकहरुले कविता, गीत र मुक्तक सुनाउनु भएको थियो । जुम मार्फत भएको भर्चुअल कार्यक्रमको समापन अध्यक्ष देवकोटाले कविता वाचनबाट नै गर्नुभएको थियो ।
साहित्यलाई पर्यटनसँग जोडेर बिभिन्न पर्यटकीय स्थानमा साहित्य यात्रा गर्दै आएको समाजले पछिल्लो समय कोभिड 19 को प्रभावपछि अनलाइन कार्यक्रम गर्दै आएको छ । हरेक महिनाको पहिलो शनिबार भर्चुअल भेटघाट गर्दै बिभिन्न कार्यक्रम गर्दै आएको लिगलिग साहित्य समाजले भाद्र महिनाको कार्यक्रम गजल बिशेष गरेको हो ।