एउटा बन्द कोठामा
उस्तै आँखा, नाक र कान भएको
सेतो रुन्चे रुमाल
झुण्डिरहेछ भित्तामा
विचलित भएर एक्लै
खै, कुन इतिहासको खण्डदेखि !
आज
म त्यसैको अनुहार पढिरहेछु
एउटा नमीठो व्यङ्ग्यजस्तै
लेखिएको छ अनुहारमा
“रुन्चे रुमाल”
यी शब्दहरुले दैनिक गीज्याउँदैछ
उसैको मालीकलाई
जसले मिल्कायो प..र
दोबाटोमा ।
यस्तै संझदै ..
म कोठा फर्कन्छु त्यस साँझ
आँधेरीले झन सताउँछ
आँखा मिच्तै अर्को विहान
फेरी त्यहाँ पुगेर हेर्छु
रुमाल अझै झुण्डिरहेको छ
एक्लो पनको महसुस गर्दै
म सोच्छु, दैनिक रुन्चे अनुहार पारेर
अझै अरू कति दिन झुण्डिनु पर्ने छ त्यसले ।
(अमेरीका )