यस वर्षको मदन पुरस्कार नीलम कार्की निहारिकाको ‘योगमाया’ उपन्यास कृतिले पाएको छ । गुठीमा प्राप्त २०७४ सालमा प्रकाशित २५३ पुस्तकमध्ये उनको कृति उत्कृष्ठ ठहरिएको हो । निहारिकाका यसभन्दा पहिले करिब एक दर्जन कृति प्रकाशित भैसकेका छन् ।
त्यस्तै जगदम्बाश्री पुरस्कार बालसाहित्यकार शान्तदास मानन्धरले पाउने भएका छन् । करिब चासिल वर्षदेखि बालसाहित्यमा काम गर्दै आएका शान्तदासले ‘वाल कोशेली’ प्रकाशन तथा सम्पादन गर्दै आएका छन् ।
दुबै पुरस्कारको राशी दुई लाख रहेको छ । मदन पुरस्कार गुठीले सोमबार उक्त पुरस्कारको घोषणा गरेको हो ।