मण्डला थिएटरमा ‘खबर हराएको चिठ्ठी’काे मञ्चन सुरु भएको छ । यो नाटक दशवर्षे ससस्त्र द्वन्द्वमा बेपत्ता पारिएका नागरिकको कथाव्यथालाई आधार बनाएर बनाइएको हो । नाटक पोखरामा सम्पन्न तीनहप्ते कार्यशालाबाट मण्डला थिएटरले तयार पारेको हो । १२ जना निर्देशकले तयार पारेको यो नाटक चारोटा फरकफरक कथाहरूलाई जोडेर तयार पारिएको हो । नाटकमा चे शङ्कर, सुदाम सिके, पशुपति राई, आकांक्षा कार्की, केदार श्रेष्ठ, सिजन दाहाल, चेतन आङ्थुपो, किरण चाम्लिङ राई, सोनाम लामा लगायत कलाकारहरूले अभिनय गरेका छन् ।
१५ गतेदेखि सुरु भएको नाटकको मञ्चन कार्य भदौ २४ गतेसम्म जारी रहने छ ।