भारतीय सरकारले पाँच जना लेखक, पत्रकार तथा सामाजिक अभियन्तालाई गिरफ्तार गरेको छ । उनीहरूलाई माओवादी सम्बन्ध ‘सहरी नक्सल’को आरोप लगाउँदै गिरफ्तार गरिएको हो । मोदी सत्तामा आएपछि आतङ्ककारी र देशद्रोहीको आरोपमा लेखकसहित्यकार, पत्रकार र वुद्धिजीवीलगायत ब्लगरहरू गिरफ्तार गर्ने र मार्ने क्रममा वृद्धि भएको छ ।
मोदीको राज्यआतङ्कको शिकार भएर गिरफ्तार हुनेमा मानव अधिकारकर्मी तथा वकिल सुधा भारद्वाज, सामाजिक अभियानकर्मी तथा लेखक वरनान गोन्जाल्विज, मार्क्सवादी विचारक तथा कवि वरवर राव, वकिल अरुण फरेरा र पत्रकार गौतम नवलखा रहेका छन् ।