धर्तीको खास अर्थ छाडेपछि जमीन थाहा हुन्छ ।
स्वतन्त्रताको मूल्य परेपछि अधीन थाहा हुन्छ ।।
जिब्रो र गिदीको तालमेल नहुँदा हुन्छ भद्रगोल ।
भूमरीमा परेपछि उम्किन कति कठीन थाहा हुन्छ ।।
१
हृदयको भूगोलमा कुनै साँध छैन ।
पीडामा विश्वाशिलो कुनै काँध छैन ।।
पग्लिएर मुटु जब बन्दछ भावना ।
अँसुको बाढी थाम्ने कुनै बाँध छैन ।।
२
बजारमा गयो हरेक चीज कमसल लाग्छ ।
यहाँ मान्छेलाई किन आफू मात्रै असल लाग्छ ।।
किनबेचको हानथाप जब देख्दछु जताततै ।
किन किन यो दुनियाँ नै एउटा पसल लाग्छ ।।
३