कहिले जिस्कन्छ ऊ
हल्लाउदै हरियो पखेटा
कहिले जिस्कन्छ ऊ
देखेर जवानी झिम्काउँछ आँखा
र खेलिरहन्छ मेरै घरमा सिङ्गौरि ।
हरेक समय ऊ
बलात्कार गर्छ मेरै सुस्ताको वैंश
नुहाउँछ मेरै गण्डक र कोशीले
तर देख्नै सक्दैन ऊ
मेरो बस्तीमा लागेको घाम ।
अचेल ऊ बजाएको छ बेसुरमा
मेरै करङ्को सारङ्गी
र गरेको छ– ‘प्रवेश–निषेध’ को अघोषित फर्मान ।
जब हुनेछ उसको प्रतिरोध
हल्लिनेछ प्रतापले पुरै पृथ्वी
बिचरा के गर्ला लामखुट्टे ?
०००