nepalisahityaghar.com साहित्यिक अनलाइन हो । यसमा कला, साहित्य र संस्कृतिसँग सम्बन्धित समाचार, अनुसन्धानमूलक रचना र सिर्जना प्रकाशित हुन्छन् । यो व्यवसायिक अनलाइन होइन । अहिलेसम्म यो साइट परीक्षणको रूपमा सञ्चालन हुँदै आएकोमा अबदेखि निरन्तर अपडेट गर्दै जाने विश्वास दिलाउँछौँ ।
अहिलेको दुनियाँ सञ्चार र प्रविधिको दुनियाँ हो । केही समय अघिसम्म कुन पत्रिकामा कसको रचना प्रकाशित भएको छ भनेर पत्रिका पसल चहार्दै हिँड्नु पर्ने बाध्यता अब छैन । पाठक घरमै बसीबसी वा हिँड्दाहिँड्दै आफूलाई मन लागेका विषय खोज्न र तुरुन्तै पढ्न सक्छ । यस्तो समयमा पनि हामी लेखक साहित्यकार छापा मिडियाको भर परेर बस्नु भनेको समयलाई पच्छ्याउन नसक्नु हो । नेपाली भाषा नेपालमा मात्र सीमित नभई संसारभरि फैलिएको छ । छिमेकी देश भारतकाे आठौं अनुसूचिमा समेत नेपाली भाषा सूचिकृत छ । विश्वका हरेक कुनामा नेपाली भाषा र नेपालीहरू पुगेका छन् । विदेशिए पनि उनीहरू प्रत्येक पल आफ्नो देशको अवस्थासँग एकाकार हुन चाहन्छन् । आफ्नो कला, साहित्य र संस्कृति जान्न, बुझ्न र पढ्न चाहन्छन् । यस्तो अवस्थामा उनीहरूको अध्ययनको सहज माध्यम भनेको अनलाइन नै हो ।
यी विविध कारण र केही साथीहरूको असल सोचका साथ नेपाली साहित्य घर जन्मिएको हो । हामीले यस पत्रिकामा कला, साहित्य र संस्कृतिसँग सम्बन्धित सामग्री मात्र राख्ने छौँ । देशविदेशमा रहनुहुने कवि, लेखक र साहित्यकारबाट प्राप्त रचना सिर्जनालाई सकभर समयमै पस्किने छौँ । यस साइटमा बैचारिक, राजनैतिक र जतीय भेदका आधारमा कसैलाई पाखा र कसैलाई काख गरिने छैन । सुन्दर सिर्जना पस्कनु सदैव हाम्रो अभीष्ट हुने छ ।
अझै पनि हामीसँग केही रचना–सिर्जना साभार गरी प्रकाशन गर्नुपर्ने बाध्यता रहेको छ । हामीले विश्वास लिएका छौँ छिट्टै नै यो समस्या पनि समाधान हुने छ । सल्लाह, सुझावको हपेक्षा सहित ।
(२०७४/०७/२५