बा ! पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको । खिया लागेका कलका पुर्जाहरूजस्तै गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके रहर छैन मलाई बाँचिदिने– केवल इतिहासका पानाहरूमा मैले त बाँच्नुपर्छ आउने दिनहरूमा इतिहासको गतिलाई उछिनेर इतिहासभन्दा बढी अरू केही भएर त्यसैले बा ! पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ Read more
मेरो घरको कोठाभित्र एउटा मुसो पसेको छ। टोकिरहन्छ अनवरत उसका दाँतहरुले नयाँ कम्बल, कोठाभित्रका कागजहरु, दाल- चामलहरु पुस्तकका पानाहरू, पत्रिकाका रंगीन पृष्ठाहरु उसले टोकेको आवाज म रातभरि सुन्दछु र समात्न खोज्दछु उसको चिप्लो पुच्छर भागेर लुकिहाल्छ पुरानो आलमारीको पल्लो कुनामा । मलाई डर लाग्न थालेको छ इतिहासको त्यो सिंगो पातो Read more
१६ असार २०७८, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, नेपाली साहित्यमा चर्चित आयामेली आन्दोलनका एक हस्ती, वरिष्ठ कवि एवम् मुन्धुम दर्शनका आधिकारिक व्याख्याता बैरागी काइँलाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । एक साताअघि मस्तिष्कघात भई ओम अस्पतालको आई.सी.यु.मा उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको हो । बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठान Read more
समाचारदाता साहित्यकार वसन्त श्रेष्ठले बोस्टनमा एक दर्जन कविता सुनाएका छन् । आइतबार सिर्जना उत्सव , बोस्टनले आयोजना गरेको ‘ सर्जकसँग एक साँझ’ कार्यक्रममा उनले कविता सुनाएका हुन् । बोस्टनमा आधा दशक बिताएका वसन्तले कविता वाचनका क्रममा बोस्टनको जीवनको सम्झना पनि सुनाए । मुक्तक र कविताका साथमा संस्मरण मिसिएको उनको अन्तर्क्रियात्मक Read more
सम्वाददाता २०७८ असार १५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिले गत आइतबार पनि यस क्षेत्रमा पर्ने च्याप्टरहरूका स्रष्टाहरू जोडेर साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । यस क्षेत्रका च्याप्टर प्रतिनिधिहरूसँग गरिने यो नियमित साहित्यिक श्रृङ्खलाको नवौँ संस्करण हो । आफ्ना Read more
काठमाडौं । लघुकथा लेखनको उत्थानमा सक्रिय संस्था लघुकथा समाज, नेपालले प्रदेशस्तरीय समितिको गठन गर्दै लघुकथा लेखनलाई मुलुकभर विस्तारित गर्ने क्रमलाई अगाडि बढाएको छ । समाजले सोमबार लुम्बिनी प्रदेश समितिको गठन गरेको छ । साहित्यकार बनमाली निराकारको अध्यक्षतामा गठित उक्त समितिको उपाध्यक्षमा लघुकथाकारहरू ऋचा लुइँटेल, सचिवमा निर्मल ढुङ्गाना र कोषाध्यक्षमा मन Read more
युगौंदेखी मनुष्यको रगत पिउने सत्ता आज पनि उसको तिर्खा उत्तिकै छ जबसम्म ऊ सुरक्षित छ सुरक्षित हुन्छ उसको स्वाभिमान जबसम्म उसलाई शान्ति छ तबसम्म शान्ति हुन्छ सिमामा पनि सिमाना र स्वाभिमान बदलिएका छैनन यिनीहरू त पहिले पनि त्यहीं थिए र आज पनि त्यहीं छन् शायद भोलि पनि त्यहीँ रहनेछन् सत्ताको Read more
होइन तपाईंले यो के गर्नुभएको ? धत गर्न हुँदैनथ्यो, हिजो आफ्नै खुट्टा तान्नेको आज मदत गर्न हुँदैनथ्यो । दुष्मनले तयारी देखेर होला पहिलै हमला बोल्यो, उसले देख्नेगरी तपाईंले कसरत गर्न हुँदैनथ्यो । शायद जाँदा खालीहात जाने हो भनेर यादै भएन, भएको भए यसरी जिन्दगीभरि बचत गर्न हुँदैनथ्यो । छिमेकीले खै Read more
सिरसिर चलेको बतास पहेँलो फुलेको तोरीबारी अनि हावाले उडाएको पछ्यौरी व्याकराउन्डमा भ्वाइलिनको संगीत आहा.... कस्तो मनोरम ! मायाले भरिएका बेलुनहरु उडाउँदै हरियाली धर्तीको काखमा तिमी मुस्कुराउँदा लाग्छ आज सारा धर्ती नै प्रेममय बनेको छ। यो प्रेम कति अनौठो हुन्छ है ? यसरी तिमी प्रेमको सुवास छर्दै मुस्कुराउँदा, म भने गुलाबका Read more





