नेपाली साहित्य घर फेरि सञ्चालनमा आएको छ । प्राविधक कारणले केही समय स्थगित हुन पुगेकोमा हामी क्षमाप्रार्थी छौँ । यो अनलाइन आर्थिक उपार्जनका लागि नभएर विशुद्ध साहित्यिक सेवा गर्ने उद्देश्यले खोलिएको हो, हामीलाई कहीँकतैबाट आर्थिक सहयोग प्राप्त छैन । हामीले जति गरेका छौँ विशुध्द सेवाभावव्दारा गरेका छौँ । यहाँहरुले रचना निशुल्क उपलब्ध गराएर जुन सहयोग गर्नुभएको छ, त्यसलाई हामी सधै सम्झिरहने छौँ ।
नेपाली साहित्य घरको मेलमा प्राप्त रचना क्रमश प्रकाशित हुँदै जानेछन् । अदरणीय कवि, साहित्यकारबाट सधै जस्तो स्तरीय रचना प्राप्त हुनेमा हामी विश्वस्त छौँ । हाम्रा प्रिय पाठक, लेखक, साहित्यकार र शुभेच्छुकको मायाले हामी फेरि उठेका छौँ । हामीलाई विश्वास छ पहिले जस्तै यहाँहरुबाट सहयोग प्राप्त हुने छ ।











