काठमाडौं– साहित्यकार केशरी अम्गाईद्वारा लिखित कथासङ्ग्रह ”मुसाको दरबार” सहित् बालसाहित्यका ६ कृति सार्वजनिक भएका छन् । शनिबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा भएको सार्वजनिक कार्यक्रममा ती कृतिहरु सार्वजनिक भएका हुन् ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, हिमरश्मि हाइ स्कुलका प्रिन्सिपल लोकेन्द्रबहादुर खड्का, नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य डा कौशिला रिसाल, पत्रकारहरू देवेन्द्र अर्याल, नेत्र तामाङ, माधव घिमिरे, अटललगायतले उक्त कृतिहरु सार्वजनिक गरेका हुन्।
कथाकार केशरी अम्गाईद्वारा लिखित कथासङ्ग्रह ”मुसाको दरबार”मा ६ वटा कथा रहेको र सबै कथा बाल मनोविज्ञानसँग आधारित रही लेखिएको पाइएको समीक्षात्मक टिप्पणी गर्दै पत्रकार नेत्र तामाङले बताए।
कार्यक्रममा विद्यार्थीहरूद्वारा लिखित तीनवटा कथासङ्ग्रह र दुईवटा कवितासङ्ग्रहसमेत विमोचन गरिएको थियो। यसरी विमोचित किताबहरुमा रश्मी पोखरेल र रहस्य पोखरेलको कवितासङ्ग्रह ‘बाल गुञ्जनका आवाजहरु’, सेनोरिता थापाको कथासङ्ग्रह ‘परित्यक्त छोरी’, पल्लवी तामाङको कथासङ्ग्रह, ‘मुस्कान पछाडिको पीडा, प्रतिष्ठा केसीको कथासङ्ग्रह ‘यादका पानाहरु’ र प्रविज्ञा कार्कीको कवितासङ्ग्रह ‘त्रासको तुर्लुङ र अन्य कविता’ रहेका छन्। बाल कवितासङ्ग्रहबारे समाजका अध्यक्ष प्रधानले समीक्षा गरेका थिए भने विद्यार्थीका कथासङ्ग्रहबारे देवेन्द्र अर्याल ‘आँसु’, माधव घिमिरे ‘अटल’ले समीक्षा गरेका थिए