भदौ २६, काठमाडौं ।
साहित्यकार राजेन्द्र पराजुलीको ५९ वर्षको उमेरमा निधन भएको छ।
निमोनियाका कारण छातीमा समस्या भएपछि ललितपुरको ग्वार्कोस्थित बि एन्ड बि अस्पतालमा भर्ना गरिएका उनको आज मृत्यु भएको हो ।
सघन उपचार कक्षमा उपचाररत पराजुलीलाई मंगलबार बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
उनी साहित्य बाहेक आर्थिक मामिलासम्बन्धी पत्रकारिता र सम्पादनमा पनि सक्रिय थिए ।
२०२१ वैशाख १३ गते कोटेश्वरमा जन्मिएका पराजुलीका ‘जन्तरमन्तर’, ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘अनायिका’, ‘सपनामा मार्क्स’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘विकल्प’, ‘यात्रा’लगायत कृति प्रकाशित छन्।
उनको आज दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदै छ।