केबल धुवाँ मात्र उड्छ साथी आगो त भेटेकै छैन
सर्वत्र खरानीले छोपी सक्यो तैपनी चेतेकै छैन ।
अँध्यारो नै खोज्न थाले आजकाल मानिसहरूले
हरेक बिहान क्षितिजमा उज्यालो त देखेकै छैन ।
द्रव्य बाहेक यो लोकमा कसैले केही देख्दै देखेन
लोभको मशानघाट बाहेक अरू त टेकेकै छैन ।
हरदिन इतिहास रुन्छ विगतलाई सम्झेर
सुनौलो इतिहास बनाउन मति फेरेकै छैन ।
गल्ती गर्नु गरिएछ अध्यारोलाई उज्यालो ठानेर
चाँदनीकाे उज्ज्यालो रहेछ दियो त बलेकै छैन ।
गाउँ गाउँमा चेतनाका चम्किला बीउ छर्नेहरू
कता हराए आजकाल पुराना डोब मेटेकै छैन ।
कोमल मनहरूमा सर्वत्र खडेरी परिसके छन्
अाँशुका दहहरू देखिन्छन् कष्ट त झेलेकै छैन ।
(चाबहिल,काठमाडौं)