प्रवासमा जन्मिएका र हुर्किएका १८ बर्ष मुनिका भाइ बहिनीहरुलाई नेपाली भाषा, साहित्य, कलाका विविध आयाममा आकर्षण र प्रेरणा दिने उदेश्यले ‘अनेसास बालतारा’ पुरस्कारको स्थापना गरिएको छ ।
अनेसासको मासिक बाल कार्यक्रम ‘बाल-तारा’ मार्फत प्रतिभाको खोजीगर्दै यो पुरस्कारको परिकल्पना गरिएको हो ।
यसको प्रथम संस्करणस्वरूप पहिलो पटक यो पुरस्कारको घोषणा गरिएको छ । जसअनुसार पहिलो पटक आभाष अर्याल (भर्जिनिया, अमेरिका ), एभरेष्ट म्युजिकल ब्याण्ड (बोष्टन, अमेरिका), जेनिशा थापा (टोकियो, जापान), वृष्टी दवाडी (सिड्नी, अस्ट्रेलिया ), कन्चन दाहाल (भर्जिनिया, अमेरिका), लिदिया भुसाल (बार्सिलोना, स्पेन) र सचिन चापागाईं (डिसी, अमेरिका) लाई प्रदान गरिने भएको छ ।
बालतारा कार्यक्रम सञ्चालक विमला निरौलाको संयोजकत्वमा अमेरिकाबाट राजेन्द्र श्रेष्ठ र तारा अधिकारी, अष्ट्रेलियाबाट महेश्वर शर्मा र डा. प्रकाश पौडेल, युरोपबाट शारदा पौडेल निशा, जापानबाट रविन शर्मा र प्रदीप थापा रहेको प्रतिभा छनोट समितिले निर्णय गरेको उक्त पुरस्कारमा एकसय पाँच डलर र प्रमाण पत्र रहेको छ ।
यही शुक्रबार र शनिबार हुने बाल सम्मेलनमा उक्त पुरस्कार प्रदान गरिने छ ।