फागुन ३, काठमाडौं ।
साहित्यकार ताना शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । ८७ वर्षका उनको मंगलबार बिहान घरमै निधन भएको हो । उनी डिमेन्सिया, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।
शर्मालाई ‘बेलाइततिर बरालिँदा’ कृतिका लागि २०२६ सालमा मदन पुरस्कार दिइएको थियो।
नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता शर्माका समालोचना, उपन्यास, निबन्ध, नियात्रा र साहित्यिक इतिहास लगायत वधामा कृतिहरू प्रकाशित छन्।
घोत्ल्याइँहरू (२०२१), भानुभक्तदेखि तेस्रो आयामसम्म (२०२७), सम र समका कृति (२०२९) उनका चर्चित समालोचना कृतिहरू हुन्।
बेलायततिर बरालिँदा (२०२६) र पालता प्रवास (२०४२) उनका प्रशिद्ध नियात्रा हुन्।
तारानाथ शर्माका अन्य औपन्यासिक कृतिहरु हुन्– नमस्ते (२०४४), जीवनका छाल (२०३०), श्रद्धाका सुमन (२०४४) प्रशिद्ध निबन्ध संग्रह हुन्। सुली (२०३०), मेरो कथा (२०२३), झझल्को २०२३), ओझेल पर्दा (२०३५) ।
शर्माको आजै मंगलबार मध्याह्न १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।