राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित एकल रचना वाचना कार्यक्रम अन्तर्गत ६९औँ श्रृङखलामा साहित्यकार छविकिरण वलीद्वारा एकल रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् परिषद्का केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालको प्रमुख आतिथ्यता तथा वरिष्ठ साहित्यकार गणेश विशमको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रगतिशील लेखक सघका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, लेखक सघ दाङका अध्यक्ष खगराज न्यौपाने, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, वरिस्ठ साहित्यकार डा कृष्ण राज डिसी, परिषद् जिल्ला शाखा दाङका सल्लाहकारद्वय कमलमणि देवकोटा, नगेन्द्र गुरु लगाएतको उपस्थिति रहेको थियो । सो
कार्यक्रममा साहित्यकार छविकिरण वलीले दर्जनौँ कविता, गीत, गजलहरू प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पुरुषोत्तम खनालले छविकिरण ओली एक कवि, लोक संस्कृतिका अध्ययता एवं लोक गीत सङ्गीतका साधक भएकोले उहाँले साहित्यतर्फ गरेको महत्वपूर्ण योगदानको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा सभाध्यक्ष दीपक शर्मा झसमीरञले उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो भने एकल रचना वाचक साहित्यकार छविकिरण ओलीलाई कदर–पत्र सहित सम्मान गरिएको थियो ।
उक्त एकल रचना वाचन कार्यक्रम परिषद् जिल्ला शाखा दाङका कोषाध्यक्ष यम रेग्मीको स्वागत मन्तव्यबाट शुभारम्भ हुनुका साथै कार्यक्रमको सहजीकरण सचिव प्रकाश के सीले गर्नु भएको थियो ।