दार्जीलिङ, 20 नोभेम्बर ।
आज स्थानीय गोर्खा दुःख निवारक सम्मेलन भवनमा साहित्यकार सुमित्रा अविरलकृत दोस्रो कृति कविता संग्रह स्पर्शविनाका सुस्केराहरूको विधिवत लोकार्पण गरियो।
उक्त कार्यक्रम विनेसाम अध्यक्ष राहुल राई बोगिकोको अध्यक्षता, साहित्य अकादेमी नेपाली भाषा परामर्श समितिका सदस्य साहित्यकार, अनुसन्धानकर्ता टी बी चन्द्र सुब्बाको प्रमुख आतिथ्य, झापा ,नेपालका समालोचक, साहित्यकार भाषाविद् दिपक सुवेदी, समाजसेवि बिनोद राई , सूचना एवं सांस्कृतिक विभाग जीटीए सह निर्देशक विमल राई, साहित्यकार प्राध्यापक तेजमान बराइली, नेपाली साहित्य सम्मेलनका अध्यक्ष डा चन्द्रकुमार राई, नेपाली साहित्य सम्मेलनका महासचिव सूर्य श्रेष्ठ, नेपाली भाषा परामर्श समितिका सदस्य डा जीवन राणा, साहित्य सुनौका अध्यक्ष साहित्यकार कमला राई, खुल्ला साहित्य गोष्ठीका संयोजक डा रुद्रराज मास्के, वसुधा उपध्यक्ष समालोचक डा. गीता छेत्री, नेपाली अकादमी पुरस्कारले सम्मानित कवि उदय थुलुङ, साहित्यकार, युग्मककार, नाटककार कालुसिंह रनपेंहली, साहित्यकार युवराज काफ्ले, साहित्यकार अमर बानियाँ लोहोरो, समाजसेवी निर्देशक अमृता अणुको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न गरियो।
दार्जिलिङका प्रतिष्ठित गायिका सोनु राईको सरस्वती वन्दनाबाट आरम्भ गरिएको उक्त कार्यक्रमलाई स्वागत जनाउँदै साहित्यकार कृष्ण पी ठटालद्वारा स्वागत सम्भाषण प्रस्तुत गरेका थिए भने सुमित्रा अविरल कृत कवितालाई अंग्रेजीमा युवा सर्जक मोजेस त्रिखत्रीले प्रस्तुत गरेपछि पत्रकार, गायक आदित्य रायाले आफ्नै गीत प्रस्तुत गरे।
सर्जक मञ्जुला तामाङद्वारा सञ्चालन गरेको यस कार्यक्रमको दोस्रो चरणमा कृति प्रकाशनमाथि प्राध्यापक तेजमान बराईलीले कृति प्रकाशनमाथि सम्भाषण राखेपछि नेसास सह सचिव, पत्रकार सविता संकल्पले कवि सुमित्रा अविरलको आध्यात्मिक क्षेत्र, अभिनय क्षेत्र अनि साहित्यिक क्षेत्रको परिचयलाई प्रकाश पारे ।
यसपछि सबिता संकल्पकै सञ्चालनमा वरदान सम्मान समूहको तर्फबाट प्रथमवत कवि सुमित्रा अविरललाई बधाईस्वरूप स्मृति चिन्ह, दोसल्ला ओड़ाएर विशिष्ट अतिथि विमल राईको बाहुलीबाट उपहार प्रदान गरियो। यसपछि क्रमैले कृति प्रकाशनसम्म आइपुग्नमा विशेष सहयोग पुर्याउने कार्यक्रममा अध्यक्ष राहुल राई बोगीको, झापा ,नेपालका समालोचक, साहित्यकार भाषाविद् दिपक सुवेदी, समाजसेवी विनोद राई अनि साहित्यकार सुकराज दियाली साथै उनका श्रीमती बबिता दियालीलाई प्रमुख अतिथि एवं विशिष्ट अतिथिको बाहुलीबाट श्रद्धासितै शिरशोभा, दोसल्ला ओड़ाएर उपहार प्रदान गरियो। यसपछि उपस्थित अतिथिहरूको बाहुलीबाट कृति स्पर्शविनाका सुस्केराहरूको लोकार्पण गरियो।
विशिष्ट अतिथि दिपक सुवेदीले कृतिमाथि समीक्षा प्रस्तुत गरे। यसको साथै कृतिको पाठकीय दृष्टिकोणलाई डा गीता छेत्रीले प्रस्तुत गरेपछि साहित्य अकादेमी नेपाली भाषा परामर्श समितिका पूर्व संयोजक प्रेम प्रधानद्वारा कृतिकारलाई बधाई दिँदै मन्तव्य राखे। यसपछि डा जीवन राणा साहित्य अकादेमी नेपाली भाषा परामर्श समितिका संयोजकले मन्तव्य राखेपछि कार्यक्रमका प्रमुख अतिथि टीबी चन्द्र सुब्बाद्वारा मन्तव्य राख्दै कृतिकारलाई उपहारस्वरूप रूपियाँ 10 हजार प्रदान गरेपछि अन्त्यमा कार्यक्रम अध्यक्ष राहुल राई बोगीकोद्वारा अध्यक्षीय सम्बोधन राखेपछि कार्यक्रम समापनको घोषणा गरे ।