२०७८ असोज ७, काठमाडौं ।
यस वर्षको मदन पुरस्कार भगिराज ‘इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९-२०२०’ लाई प्रदान गरिएको छ ।
आज मदन पुरस्कार गुठीद्वारा प्रेषित विज्ञप्ति अनुसार गुठीको बैठकले इङ्नामलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
मदन पुरस्कारका लागि यो वर्ष २ सय २२ पुस्तकमध्येबाट ९ वटा पुस्तको श्रेष्ठ सूची प्रकाशित गरेको थियो । उक्त सूचीमा गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र इङ्गनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह रहेका थिए ।
यस्तै जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गर्ने निर्णय गरिएको छ । भैरवबहादुर थापा सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चनमा क्रियाशील व्यक्तित्व हुन् ।
दुबै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ ।
मदन पुरस्कार गुठीको विज्ञप्ति