भाद्र २२, महेन्द्रनगर ।
कुशे औसीका अवसरमा गुगुल्डि वाङमय प्रतिष्ठानको आयोजनामा १५६औ मोति जयन्ती तथा प्रभास प्रतिभा पुरस्कार प्रदान कार्यक्रम सम्पन्न भएको छ।
साहित्यकार तथा दार्चुला क्याम्पसका पुर्व क्याम्पस प्रमुख दिलानन्द पन्तको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द बिश्रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स प्रा भुवन बोहरा,आचार्य घनश्याम लेखक, कविराज भट्ट तथा हेमबाबु लेखकले मोतिराम भट्टको योगदान बारेमा मन्तव्य राख्नु भएको थियो।
सोही अवसरमा प्राज्ञ आर डि प्रभास चटौतद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने “डोट्यालि भाषा श्रीवृद्धि प्रभास प्रतिभा पुरस्कार “साहित्यकार रमेश पन्त मीतबन्धुलाई प्रदान गरियो। समारोहमा प्रमुख अतिथि तथा अध्यक्षले प्रमाणपत्र तथा दोसल्ला नगद पुरस्कार सहित श्रष्टालाई सम्मानित गरेका थिए।
गुगुल्डि वाङमय प्रतिष्ठान मार्फत संञ्चालन हुने अक्षयकोषबाट हरेक बर्ष डोट्यालि भाषाका सर्जक पुरस्कृत गर्ने योजना रहेको छ। आगामी वर्ष २०७८मा प्रकाशित डोट्यालि भाषाको उत्कृष्ट कृति “डोट्याली वाङमय श्रीवृद्धि राज्यलक्ष्मी प्रतिभा पुरस्कार “प्रदान गरिने तथा सो प्रयोजनका लागि आर डि प्रभास चटौत तथा राज्य लक्ष्मी चटौतद्वारा ४लाख रूपियाँ को अक्षयकोष स्थापना गरिएको छ। साथै युवा प्रतिभा प्रोत्साहन का लागि “प्रभास राज्यलक्ष्मी चटौत युवा प्रतिभा पुरस्कार” समेत प्रदान गर्ने अक्षयकोषको उद्देश्य रहेको छ।
प्रतिष्ठानका सचिव जगदीश ओझाले अनलाइन तथा प्रत्यक्ष माध्यमबाट संचालित उक्त कार्यक्रममा चन्द्रकला पन्त तथा वंशिधर जोशीले सम्मानित कृतिका बारेमा मन्तव्य राख्दै बधाईका साथ शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य सहित लक्ष्मी प्रसाद भट्टले गजल वाचन गरेका थिए भने मोतिराम भट्टप्रति शव्दश्रदधा स्वरूप अम्वादत्त जोशी, कर्ण दयाल,लोकबिक्रम मल्ल, रामरतन यादव, रमेश पन्त मीतबन्धु तथा वीरबहादुर चन्दले गजल वाचन गरेका थिए। कार्यक्रममा साहित्यकार पञ्चमराज भट्ट, वालकुमारी हमाल, अमित प्र भट्ट, विपिनचन्द्र ओझा, दिपक ब चन्द तीर्थराज पनेरू,लक्ष्मी पन्त, लोकराज पन्त, मदन चन्द,कृष्ण सिह पेला लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो। स्मरणिय छ गुगुल्डि वाङमय प्रतिष्ठानको बार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले छुट्टै अक्षयकोष स्थापना गरी हरेक वर्ष ५ जना श्रष्टालाई सम्मानित गर्ने गरेको छ ।