विभिन्न मिति समयमा निरन्तर जिल्लाको र नेपाली साहित्यको उन्नयनका लागि पृथक साहित्य गतिविधि गर्दै आइरहेको यस सल्यान कला साहित्य परिषद्ले २५६ औँ मोती जयन्तीको अवसरमा आश्रममा फलफुल वितरण कार्यक्रम गरेर भब्यसभ्य सँग २५६ औँ मोती जयन्ती मनाएको छ । घोराही उपमहानगरपालिका १६ तेरौटे दाङमा रहेको जेष्ठ नागरिक सरोकार केन्द्रमा रहेका एक्काइस जना जेष्ठ नागरिकहरुलाई आश्रमकै सभाहलमा फलफुल वितरण गरेको छ ।
परिषद्का अध्यक्ष भरत रोकाय ‘एक्सन’को सभाध्यक्षता आश्रम संचालक समिति अध्यक्ष भुपाल गिरिज्यूको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा प्रमुख अथितिले ब्यानर पढेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा आश्रम समितिका उपाध्यक्ष पार्वती लोहनी,व्यवस्थापक हिरा शाही सदस्य कुल बहादुर घर्तीज्यू लगायत सरोकारवालाहरु, स्थानीय, बुद्धिजीवी साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अथिति भुपाल गिरि,सभाध्यक्ष भरत रोकाय ‘एक्सन’ आश्रम समितिका उपाध्यक्ष पार्वती लोहनी व्यवस्थापक हिरा शाही लगायतले मन्तव्य राख्नु भएको थियो ।
सल्यान कला साहित्य परिषद् साहित्यिक गतिविधि सँगै आगामी दिनमा पनि यस्तै समाजिक कार्य गर्ने योजनाको गृहकार्यमा गरेको बताउदै साहित्य संस्था साहित्यिक गतिविधि मात्रै नभएर सामाजिक कार्यमा पनि योगदान दिनुपर्छ भन्ने प्रभाव अन्य साहित्य संस्थाहरुलाई यो कार्यक्रमले पार्ने अपेक्षासँगै आश्रममा रहनु भएका आमाबुबाको सुस्वास्थ्य दिर्घायु र लामो आयुको कामना आफ्नो मन्तब्यमा परिषद्का भरत रोकाय ‘एक्सनले’ गर्नुभएको थियोे ।
दुई जिल्लाको आत्मियता थप सुमधुर बनाएको र सल्यान कला साहित्य परिषद् जस्तै अन्य साहित्य संस्थाहरु पनि सेवामूलक हुनुपर्ने बताउदै निश्चल हृदयले आश्रममा फलफूल वितरण कार्यक्रम आयोजना गरिदिनु भएकोमा सल्यान कला साहित्य परिषद्का पदाधिकारी ज्युहरुमा र उपस्थित सम्पुर्णमा प्रमुख अथिति भुपाल गिरिज्यूले हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको थियो ।