विद्यार्थीहरूलाई सिक्ने वातावरणको निर्माण र अवसर प्रदान गर्ने हो भने हरेक कुरालाई सजिलै सिक्न सक्छन् भन्ने उदाहरण बनेका छन् हिम रश्मि हाई स्कुलका विद्यार्थीहरू । ब्रिटिस काउन्सिलले सञ्चालन गरेको (ISA) लागि सञ्चालन गरिनु पर्ने भाषिक सिकाई गवितविधिका लागि विद्यालयले विद्यार्थीहरूलाई सिंहाला भाषा सिकाइ रहेको छ ।
श्रीलंकाको सन्डालाका सेन्टर कलेजको सहकार्यमा भर्चुअल माध्यामबाट हरेक हप्ता दुवै विद्यालयका विद्यार्थीहरूले एक अर्काको भाषा सिक्ने र सिकाउने कार्य चलिरहेको छ । हिमरश्मिका विद्यार्थीहरूले श्रीलङ्काका विद्यार्थीहरूलाई नेपाली भाषा सिकाइरहेका छन् भने श्रीलङ्काका विद्यार्थीहरूले यहाँका विद्यार्थीहरूलाई सिंहाली भाषा सिकाइरहेका छन् ।
यस क्रममा हिमरश्मि हाई स्कुलकी छात्रा ग्रेसी ज्ञवालीले सिंहाला भाषामा कथा सुनाउनु भएको थियो भने सन्डालाका सेन्टर कलेजकी छात्रा सुनिमली उथ्थराले नेपाली भाषामा कथा सुनाउनु भएको थियो । भाषिक सिकाइमा सन्डालाका सेन्टर कलेजबाट शिक्षिका रसङ्गिका दिसानायके र हिमश्मि हाई स्कुलबाट सितादेवी भण्डारी तथा रेखा सापकोटाले सहजीकरण गरिरहनुभएको छ । दुवै देशका विद्यार्थीहरूले निकै रमाइलो मान्दै एक अर्काको भाषा सिक्न चासो देखाएको कुरा आई.एस.ए.(ISA) को–अडिनेटर भुपेन्द्र खड्काले वताउनु भयो । स्मरण रहोस ब्रिटिस काउन्सिलले शिक्षा मन्त्रालय तथा पाठ्यक्रम विकास केन्द्रको सुपरिवेक्षणमा विद्यालय तहको शिक्षण सिकाइ प्रकृया गुस्तरीय बनाउनका लागि आई.एस.ए. (ISA) अवार्ड सञ्चालन गर्दै आएको छ ।
यसमा सम्लग्न विद्यालयलाई ब्रिटिस काउन्सिलले विभिन्न तालिम उपलब्ध गराएर परियोजनामा आधारित शिक्षणमा जोड दिदै शिक्षण सिकाइ प्रकृयालाई अन्तराष्ट्रिय स्तरको बनाउन प्रयत्न गर्दै आएको छ ।