हिमरश्मि हाई स्कुलका विद्यार्थीहरूले नेपालको विभिन्न चाडपर्वहरूको नमूना प्रदर्शन गरेका छन् । समाजिक विषयको पठन पाठनसँगै पाठ्यपुस्तकमा उल्लेख गरिएको विभिन्न चाडपर्वहरूको महत्व र त्यसलाई मनाउने प्रकृया व्यवहारिक रुपमा सिकाउनका लागि वार्षिक परियोजना कार्यका रुपमा ‘हाम्रा चाडपर्वहरू’ शीर्षकमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको कुरा यस परियोजनाको नेतृत्व गरिरहनु भएको शिक्षिका शान्ति बोगटीले बताउनु भयो ।
परियोजनाका रुपमा विद्याथीहरूले योमरी पूर्णीमा, इद, ल्होसार र दशै जस्ता चाडहरूमा गरिने सबै गतिविधिहरूको नमूना प्रदर्शन गरेका थिए । चाडपर्वसँग सम्बन्धित विभिन्न गतिविधिसँगै संस्कृतिसँग जोडिएका सांस्कृतिक गीत र नृत्य पनिप्रदर्शन पनि गरेका थिए ।
इदको उपबासपछि खाइने सेबइ, योमरी पूर्णीमामा बनाइने योमरी, तिहारमा पकाइने सेलरोटी, विद्यार्थीहरूले विद्यालयमा नै पकाएर शिक्षकशिक्षिका र साथीहरूलाई खान दिएका थिए । यसै क्रममा चाडसँग सम्बन्धित मिथकको बारेमा विद्यार्थीहरूले वक्तृत्वकलाको प्रस्तुति र चार्टपेपर प्रदर्शन पनि गरेका थिए ।
यो परियोजना पाठ्यक्रम विकासकेन्द्र र शिक्षा मन्त्रालयको सुपरिवेक्षण र बृटिस काउन्सिलको प्रत्यक्ष सम्लग्नतामा सञ्चालित आई.एस.ए ९क्ष्क्ब्० अवार्डका लागि सञ्चालन गरिएको कुरा विद्यालयका प्रधानाध्यापक लोकेन्द्र बहादुर खड्काले बताउनु भयो ।
अन्तर्राष्ट्रिय सहकार्यको रुपमा रहेको यो परियोजनाका गतिविधिहरूलाई पाकिस्तानको साङ्लाहिल स्थित जी.एच. एस. स्कुल, कलकत्ता स्थितसेन्ट अगस्ताइन डे स्कुलर भरतराम मोडेल स्कुलसँग भर्चुअल माध्यामबाट साटासाट गरिएको थियो ।