स्वार्थको झोला बोकेका छन् उनले
झोलामा खोला बोकेका छन् उनले ।
केटाकेटी भनी भुलाउन होला,
हेर कोकाकोला बोकेका छन् उनले ।
तस्करी गर्छन् हिरा जवाहरातको
तोलाका तोला बोकेका छन् उनले ।
मित्रजनलाई भेटे सताउनका लागि
बारुलाको गोला बोकेका छन् उनले ।
सानालाई भेटे त ताकेरै हान्छन्
हातमा सोला बोकेका छन् उनले ।
भित्र राक्षसीपन छ बाहिर भने
मान्छेको चोला बोकेका छन् उनले ।
(बागमती ११, कर्मैया, सर्लाही)