झगडा छ मौरीमा कुरा के गर्नु रानोको
झ्याल ढोका लाग्दैन कुरा के गर्नु छानोको
भएको छ आलोचना बजार तात्नेगरी
मुरी गफ चलेको बेला कुरा के गर्नु मानोको ।।
(२)
गरिबको गाँसमा नुन हराएको छ
नेताज्यूमा जनताको गुन हराएको छ
भष्टहरूको चंगुलमा फसेपछि देश
साँचो आवाजको धुन हराएको छ ।
(३)
जसको सरकार आए पनि खास छैन
केही होला यो देशमा कुनै आस छैन
जटिल बन्दै गयो जीवन जुन तन्त्र आएपनि
बिच सडकमै हत्या हुन्छ, सुरक्षाको आभास छैन ।