नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, नेपाली साहित्यमा चर्चित आयामेली आन्दोलनका एक हस्ती, वरिष्ठ कवि एवम् मुन्धुम दर्शनका आधिकारिक व्याख्याता बैरागी काइँलाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । एक साताअघि मस्तिष्कघात भई ओम अस्पतालको आई.सी.यु.मा उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको हो ।
बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद्का सदस्य एवम् साहित्य (पद्य÷काव्य) विभाग प्रा.डा.हेमनाथ पौडेलका साथ ओम अस्पताल गई काइँलाको पछिल्लो स्वास्थ्यस्थिति बुझेका प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायले काइँलाको शरीरको दायाँ भाग सुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न नसकेको अवस्थाबाट काइँलाको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आई सामान्यतः शरीर र हात चल्न थालेको तथा बोली पनि प्रस्ट निस्कन थालेको आफूले देखेको बताए । उनले भने– ‘आई.सी.यु.बाट सामान्य वार्डको डिलक्स बेडमा सारिएका काइँलासँग भलाकुसारीसमेत भयो । उहाँ (काइँला)को मुहारमा उज्यालोपन र खुसी देखियो ।’
यसअघि काइँला आई.सी.यु.मा रहँदा कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्राध्यापक उपाध्यायले अस्पताल पुगी काइँलाकी छोरी नामोती नेम्बाङ, उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूबाट स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । काइँलाकी छोरी नामओतीले बुबाको स्वास्थ्यमा क्रमिकरूपमा उल्लेख्य सुधार आइरहेको बताइन् ।
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।