लघुकथा लेखनको उत्थानमा सक्रिय संस्था लघुकथा समाज, नेपालले प्रदेशस्तरीय समितिको गठन गर्दै लघुकथा लेखनलाई मुलुकभर विस्तारित गर्ने क्रमलाई अगाडि बढाएको छ ।
समाजले सोमबार लुम्बिनी प्रदेश समितिको गठन गरेको छ । साहित्यकार बनमाली निराकारको अध्यक्षतामा गठित उक्त समितिको उपाध्यक्षमा लघुकथाकारहरू ऋचा लुइँटेल, सचिवमा निर्मल ढुङ्गाना र कोषाध्यक्षमा मन गहिरेलाई चयन गरिएको छ ।
समितिको सदस्यहरूमा साहित्यकारहरू विजय सागर, रुद्र ज्ञवाली, सुमित्रा न्यौपाने र ईश्वरीप्रसाद पोखरेल चयन भएको समाजका केन्द्रिय अध्यक्ष श्रीओम रोदनले जानकारी गराएका छन् ।