राप्ती साहित्य परिषद् दाङ शाखाले भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा २०७८ को पाँचौँ कार्यक्रम सम्पन्न गरेको छ । यस शृङ्खलामा विभिन्न विषयवस्तुमा संवाद गरिएको थियो ।
कार्यक्रम राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता सम्पन्न भएको हो । राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथि थिए राप्ती साहित्य परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार डा. अमर गिरी । गिरीले साहित्य र राजनीतिको अन्तरसम्वन्धका बारेमा विचार व्यक्त गरेका थिए ।
त्यसैगरी अर्का अतिथि राप्ती साहित्य परिषद्का वरिष्ठ केन्द्रीय उपाध्यक्ष साहित्यकार टिकाराम उदासीले राप्तीका साहित्य संस्थाहरूको गतिविधिबारे आफ्ना भनाइ राखेका थिए । अर्का अतिथि राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य संगीतकार सन्तोष श्रेष्ठले राप्तीमा गीत, संगीतको वर्तमान अवस्थाका बारेमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा देशका विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रिय रूपमा समेत सहभागीता रहेको थियो ।
जुम मार्फत सञ्चालन गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकारहरू डा. अमर शाह, मनोहर लामिछाने, डा. कृष्णराज डि सी, रमेश क्षितिज, पदमप्रसाद शर्मा, नारायण नेपाल, केशव थापा, कमलमणि देबकोटा, डा पुर्ण भण्डारी पंकज, डा लोकराज पराजुली, शान्ति शर्मा, खेमराज शर्मा, नगेन्द्र गुरु, केशवराज देबकोटा, रमेश सुवेदी, हरी पोख्रेल, डा प्रेम योगी, डा डण्ढी अधिकारी, डिल्लीराज श्रीधर, निमबहादुर थापा, जागेश्वर शर्मा घिमिरेले, पूर्ण वली, मित्रलाल पार्दे (पोल्यान्डबाट ) जोडिएका थिए ।
यसैगरी कार्यक्रममा लक्ष्मी आचार्य, शारदा शर्मा, मनलाल ओलि, बिमला खनाल, प्रबिन भण्डारी, प्रबल बिष्ट, सिमा पुरी, हेमप्रभास अबिर, सिर्जना शर्मा, सन्धा रेग्मीले, ऋषि शर्मा सुदामा, यम रेग्मी, मुकुन्दप्रसाद रन्जितकार, निशान्त आचार्य, टंकबहादुर आर सी अन्नत, रेशम विसी, प्रेमबहादुर चलाउने, खड्ग विवर्श विसी, नारदप्रसाद भण्डारी, माधव खनाल, गुरूप्रसाद कुमाल बुलबुल, बिमला डाँगी आषिश कल्पवृक्ष, विकलता,भिम कुमाखी, धुव गिरी, दिपक सुवेदी, प्रतीक संग्रामी, शुशिला आचार्य, लिलप्रसाद चौधरी, रमण शर्मा, अनिता भुषाल, विक्रम वली, सिद्ध समर्पण, मनोज पीडित, रन्जना चन्द, सफलता श्रेष्ठ, अनुभूति बुढा लगायतको उपस्थिति रहेको थियो ।
परिषद् संवाद कार्यक्रम परिषद् दाङ शाखाका उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट शुभारम्भ भएको थियो । परिषद् संवादको सहजिकरण गजलकार तथा गीतकार आदिम केसीले गरेका थिए भने सञ्चालन सचिव प्रकाश केसील गरेका थिए ।