दाङ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले ६६ औँ शृङ्खलामा एकल रचना वाचन एवं कविता विमर्श सम्पन्न गरेको छ ।
परिषद् दाङ शाखाले भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा २०७८ को चौथो कार्यक्रम अन्तर्गत एकल रचना वाचन एवं कविता विमर्श कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कवि एवं समालोचक डा. नेटत्र एटमले रचना वाचन गर्नुका साथै कविता विमर्श गरी कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रम राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ कवि, संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा वाचित रचनाहरूको समीक्षा समालोचक शान्ति शर्माले गरेकी थिइन् । डा. नेत्र एटमको गजलमा संगीत संगीतकार सन्तोष श्रेष्ठ र स्वर अमृत भण्डारीले दिएका थिए ।
कार्यक्रममा देशका विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रिय रूपमा समेत सहभागीता रहेको थियो । जुम मार्फत सञ्चालन गरिएको कार्यक्रममा बरिष्ठ साहित्यकारहरू डा. अमर गिरी, मनोहर लामिछाने, डा. कृष्णराज डि सी, पदमप्रसाद शर्मा, टिकाराम उदासी, नारायण नेपाल, केशव थापा, कमलमणि देबकोटा, डा पूर्ण भण्डारी पंकज, विन्दु शर्मा, खेमराज शर्मा, नगेन्द्र गुरु, केशवराज देबकोटा, डा. प्रेम योगी, डा एकरत्न आचार्य, मणिराम शर्मा, सुन्दर गौतम, सरला जोसी, शारदा शर्मा, बिमला खनाल, सिर्जना शर्मा, मुकुन्दप्रसाद रन्जितकार, निशान्त आचार्य, मुकेश्वर शर्मा, ऋषि शर्मा सुदामा, यम रेग्मी, रजनी काफ्ले ढकाल, विष्णु गजुरेल, तेजबहादुर गुरुङ, आदित्य निरौला, रेखाकौसल रेग्मी, उषा आचार्य, शिबप्रसाद गौतम, खड्क विवश बिसी, लक्षमण समिर, बिमला डाँगी विकलता, प्रतीक संग्रामी, सुशीला आचार्य, नाजसिङ, दीपक मिश्र, प्रभा बराल, सुबिन पन्त भाइवर, पार्वती कट्टेल, विक्रम वली, मनोज पीडित,सफलता श्रेष्ठ, प्रमिला, जीवनपानी, अनुभूति बुढा लगायत अन्य साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा परिषद् दाङ शाखाका सहसचिव प्रबल बिष्टले स्वागत मन्तव्य राखेका थिए भने सचिव प्रकाश केसीले कार्यक्रमको सहजीकरण गरेका थिए ।














