दाङ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको १७७ औँ नियमित श्रृङखला सम्पन्न भयो ।
शृङ्खलामा साहित्यकार नीमबहादुर थापा नूरदेवद्वारा लिखित नियात्राको समीक्षा गरियो । समीक्षा कार्यक्रम भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा–२०७८ को पहिलो कार्यक्रम अन्तर्गत सम्पन्न गरिएको हो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् परिषद्का केन्द्रिय संस्थापक अध्यक्ष बरिष्ठ साहित्यकार÷ पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता तथा परिषद्का केन्द्रीय बरिष्ठ उपाध्यक्ष साहित्यकार टिकाराम उदासीको बिशिस्ट आतिथ्यमा भएको थियो ।
सो कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका निवर्तमान अध्यक्ष एवम् बर्तमान सल्लाहकार साहित्यकार कमलमणि देबकोटाले “नाकाबासीका सपना“ नियात्रा पुस्तकको समीक्षा गर्नु भएको थियो ।
पुस्तकका लेखक साहित्यकार नीमबहादुर थापा नूरदेवले पुस्तक लेखनका बारेमा धारणा राख्नु भएको थियो ।
जुम मार्फत सञ्चालन गरिएको उक्त कार्यक्रममा केन्द्रीय तथा जिल्लाका पदाधिकारी र सल्लाहकारज्यूहरूको समेत बाक्लो सहभागीता रहेको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा प्यूठानका अध्यक्ष बिमला खनाल, रोपाका अध्यक्ष कविता उपाध्याय, रूकुम पश्चिमका अध्यक्ष मनलाल वली र रूकुम पुर्वका अध्यक्ष कमानसिह बिष्ट लगायत विभिन्न जिल्ला तथा देश बाहिर रहनु भएका साहित्यकारज्यूहरूको समेत सक्रिय उपस्थिति रहेको थियो ।
कार्यक्रममा “नाकाबासीका सपना“ नियात्रा पुस्तकको समीक्षा गर्ने अवसर परिषद्लाई प्रदान गरेकोमा साहित्यकार नीमबहादुर थापा नूरदेवलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्माले स्वागत मन्तव्य तथा कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गर्नु भएको थियो ।