काठमाण्डौं ।
जेबियर लिटरेचर क्लबले विगतमा झैँ यसपटक पनि जुममार्फत ‘मेरो कविता र म- २’ शीर्षकमा महिला कवि सम्मेलनको आयोजना गरेको छ ।
वरिष्ठ कवि कुन्ता शर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा करीब दुई दर्जन कविहरूले आफ्ना दुईदुई वटा कविता वाचन गरेका थिए ।
महिला कविहरूका तीन पुस्ताको उपस्थिति रहेको उक्त कवि सम्मेलनमा संयोजक इन्द्रकुमार श्रेष्ठ सरितले सहभागीहरूलाई स्वागत गरेका थिए । त्यस्तै परिकल्पनाकार दीपेन दाहालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।
कायॅक्रममा उपस्थित भइ आफ्ना रचना वाचन गर्ने कविहरुमा कुन्ता शर्मा, गङ्गा कर्माचार्य पौडेल, डा. शैलजा पोखरेल, सरस्वती गौतम, सुशील ढकाल अधिकारी, सीता विष्ट कार्की, तारा केसी, ममता मृदुल, सरस्वती श्रेष्ठ सरु , राधा कार्की, द्वारिका कुइकेल, उर्मिला पन्त पाण्डेय , कमला ढकाल अधिकारी, सीता आस्था ढुङ्गेल, सुधा मैनाली, आश्मा अर्याल, गङ्गा अभिलाषी, कौशीला रिसाल, जीविका अश्रु, रेखा सुवेदी, चन्द्रा नेउपाने, कविता के. विष्ट, कला पोखरेल रहेका थिए ।
कार्यक्रममा जेबियर कलेजका विद्यार्थीहरूले पनि आआफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा नेपाल, भारत र अमेरिकामा रहने कविहरूको पनि संलग्नता रहेको थियो ।