काठमाडौं ।
कवि ईश्वर थोकरको शृङ्खला कवितासङ्ग्रह ‘लीला’ सार्वजनिक भएको छ ।
‘लीला’ प्रेम कविताहरुको सङ्ग्रह हो । यसमा श्रीमती लीला पुनलाई समर्पित गरेर लेखिएका प्रेम कविताहरु रहेका छन् । कविले सङ्ग्रका सबै कविताहरु आफ्नी जीवनसाथी लीला पुन मगरलाई समर्पित गरी लेखेका छन् ।
स्वीकृति थोकर, भक्तपुरले प्रकाशन गरेको १६ पृष्ठको कविता कृर्तिको मूल्य १५० रुपैयाँ तोकेको छ।
सङ्ग्रहमा कविकै जीवनसाथी लीला पुन मगरको छोटो भूमिका रहेको छ ।
ईश्वरको यसअघि पिङ्गाई (गजलसङ्ग्रह, २०६८), प्लिक्सी (कवितासङ्ग्रह, २०६९), नोरी (कवितासङ्ग्रह, २०७४), ल्हुइला गोङमा (संस्मरणसङ्ग्रह, २०७६) प्रकाशित छन्।
पिङगाई र ल्हुइला गोङ्मा तामाङ भाषाको र प्लिक्सी, नोरी र लीला कृति नेपाली भाषामा लेखिएका कृति हुन् ।