जेठ २, काठमाडौं ।
साहित्यकार तथा चलचित्रकर्मी चेतन कार्कीको ८३ वर्षको उमेरमा आज निधन भएको छ। उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा बिहान सवा १० बजे निधन भएको हो ।
दुई हप्ताअघि भारतको देहरादूनबाट काठमाडौं आएका कार्कीलाई ज्वरो आएपछि सैनिक अस्पतालमा भर्णा गरिएको थियो । अस्पत्तालमा स्वाब टेष्ट गर्दा कोरोना सङ्क्रमण भएकाे पुष्टि भएकाे थियाे ।
कार्कीको जन्म १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुम आरुखर्कमा भएको थियो ।
नेपाली लोकसङ्गीत र संस्कृतिमा रुचि राख्ने उनले गीत, कविता र उपन्यास विधामा कलम चलाउनुका सथै चलचित्रको समेत निर्देशन गरेका छन् । उनलाई नेपाली लोक-संस्कृतिको अध्येताका रुपमा समेत चिनिन्छ ।
उनी दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, तीजको रहर, माया पिरतीको चोखो कथा, छोरीको जन्म हारेको कर्म, बैनीको दया छ भने जस्ता चर्चित गीतका रचनाकार हुन्। उनका शब्दमा नेपालका स्थापित गायक गायिकाहरु नारायणगोपाल, तारा देवी, अरुणा लामा, किरण प्रधान, प्रकाश श्रेष्ठ लगायतले स्वर दिएका छन्।
उनका प्रकाशित साहित्यिक कृतिहरूमा ‘आत्मा बेचेको छैन’, ‘हनीमून’, ‘ढलेको गिलास’ उपन्यासहरूका साथै अनेकौँ कविता, गजल, गीत सङ्ग्रहहरू प्रकाशित छन्।
कार्कीका दुई छोरा पारस र पंकज कार्की तथा श्रीतमी गंगा कार्की छन्।