बोस्टन, अमेरिका ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार ‘सिर्जनामा आमा’ शीर्षकमा रचना वाचन कार्यक्रमको आयोजना गरेको छ । अनेसासको नियमित साप्ताहिक कार्यक्रम ‘अनेसास संवाद’को ५१औं श्रृंखलालाई आमा दिवसको अवसर परेर यो स्वरुपमा आयोजना गरेको हो ।
कार्यक्रममा कोमल भट्ट -अमेरिका ,नम्रता गुरागाईं -अमेरिका ,प्रकाश पाण्डे -अमेरिका ,गंगा लिगल – नेपाल, राजेन्द्र श्रेष्ठ -अमेरिका , कृष्ण गिरी -अमेरिका , माया गुरूङ- बेलायत, लालगोपाल सुवेदी -अमेरिका , दीपा राई पुन -अमेरिका, शकुन ज्ञवाली -अमेरिका , ममता कर्माचार्य -अमेरिका , डा.काशीराज पाण्डे- नेपाल, रश्मी रिमाल नेपाल , अरूण भेटवाल- पोर्चुगल, उर्मिला निर्दोषी -अमेरिका , नारायण अधिकारी -अमेरिका, कमला न्यौपाने -अमेरिका , डन कार्की- अमेरिका , गोमा न्यौपाने -अमेरिका , शारदा पौडेल नीशा – स्पेन, गृष्मा पौड्याल -जापान, पुष्कर बराल- -अमेरिका , डा रेणुका सोलु – नेपाल, शशी थापा पण्डित- नेपाल, सुदीपभद्र खनाल- अमेरिकाले सिर्जना वाचन गरे ।
यसैगरी रवीन्द्रभक्त श्रेष्ठ -अमेरिका, रजनी श्रेष्ठ-अमेरिका, राम लामा अविनाशी -अमेरिका , डा. मधु माधुर्य -अमेरिका , प्रेम संग्रौला -अमेरिका, महेश पौड्याल- नेपाल, सीता अर्याल- अमेरिका, अग्नि पराजुली- अमेरिका, हरिलाल शर्मा – अमेरिका, निजानन्द मल्ल- नेपाल, सारादेवी गुरुङ- बेलायत, माया गुरुङ- बेलायत, पुष्पा खनाल- नेपाल, चन्द्रा न्यौपाने- नेपाल, गणेश खड्का- अफ्रिका, रसज्ञ छहरा- नेपाल, अम्बिका थापा- नेपाललगायतले पनि सिर्जना वाचन गरे ।
अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टीका सभापति गीता खत्री, उपसभापतिद्वय पदम विश्वकर्मा र पुरु सुवेदी, बोर्ड अफ ट्रष्टीका पूर्व उपसभापति रोहिणी शर्मा, वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा, महासचिव सर्वज्ञ वाग्ले , सचिव विमला निरौलालगायतले शुभकामना, सिर्जना वाचन तथा मन्तव्य व्यक्त गरेका थिए ।