२०६७ बैसाख १० गते स्थापना भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले एक समारोहका वीच शुक्रबार आफ्नो ११ औँ वार्षिकोत्सव मनाएको छ । कोरोनाका कारण समय अनुकुल नभएता पनि स्वास्थ्य मापदण्ड पालना गर्दै आफनै कार्यालय परिसरमा सो कार्यक्रमको आयोजना गरिएको हो । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले अध्यक्षता गर्नुभएको समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगा उप्रेती तथा नेपाल ललितकलाका कुलपति कान्छा कुमार कर्माचार्य विशिष्ठ अतिथिका रुपमा रहनु भएको थियो ।
आफनो ११ औँ वार्षिकोत्सवका अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट यस वर्ष सम्मानित हुनु हुने ६ जना वरिष्ठ श्रष्टा सर्जकहरुको नामावली घोषणा समेत गरिएको छ । प्रज्ञा प्रतिष्ठानका निमित्त सदस्य सचिव अशोक कुमार राईले पुरस्कृत श्रष्टाहरुको नाम सार्वजनिक गर्दैै संगीत विधाबाट संगीतकर्मी माणीकरत्न स्थापित, नाटक विधाबाट धन बहादुर मल्ल, नृत्य विधाबाट बेटी बज्राचार्य, लोक संगीत विधाबाट ज्ञानु राणा, परम्परागत संगीत विधाबाट वंशीधर मण्डल(वंशी बाबा) तथा रङ्गमञ्च विधाबाट सुनिल मिश्रलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७७ बाट सम्मान गरिने उद्घोष गर्नुभयो ।
प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ नमूना शर्माले अतिथिलाई कार्यक्रमा स्वागत गर्दै आप्mनो गजल तथा मुक्तक वाचन गर्नुभएको थियो । त्यसैगरी प्राज्ञ सभा सदस्य सत्यकला राई ‘नसोध को तराई वासी….’बोलको राष्ट्रिय भावनाले प्रेरित भएको गीत प्रस्तुत गर्नु भयो ।
११ औँ वार्षिकोत्सवलाई थप सिर्जनात्मक बनाउन प्राज्ञ हरिदेवी कोइरालाले के छ हजुर हालचाल यता नयाँ नेपालको …’ शीर्षकको गीति कविता वाचन गर्नुभयो । यस्तै प्राज्ञ सभा सदस्य लक्ष्मण गाम्नागेले सो अवसरमा ‘दिसा गरेपछि हात धुनुपर्छ’ शीर्षकका व्यङग्यात्मक कविता प्रस्तुत गर्नुभयो । प्रस्तुतिकै सिलसिलामा प्राज्ञ सभा सदस्य बाबा बस्नेतले ‘बैसाखी बीनाको यात्रा’ शीर्षकको उत्कृष्ठ कविता वाचन गर्नु भयो । प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य धीरेन्द्र प्रेमर्षिले मैथिली भाषाको कर्मशीलताको गीत प्रस्तुत गर्नुृभयो भने सिर्जना प्रस्तुतिकै क्रममा प्रतिष्ठानका कर्मचारी विजय श्रेष्ठले ‘भ्रष्ट छ त्यहाँ ’ शीर्षकको कविता वाचन गर्नुभयो । अन्तिम प्रस्तुतिस्वरुप प्राज्ञ अशोक राईले ‘जीवन हो सिक्ने कुरा सिक्दै जानुपर्छ …’बोलको प्रेरणादायी सांङ्गीतिक प्रस्तुति दिनुभयो ।
बार्षिकोत्सवको अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छा कुमार कर्माचार्यले कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिकुल समयका बाबजुद प्रतिष्ठानले आयोजना गरेको बार्षिकोत्सव समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै तीन प्रतिष्ठान विधागत हिसाबले अलग्गै भए पनि उद्देश्य नेपाली समग्र कला संस्कृतिको संरक्षण संवद्र्धन र प्रवद्र्धन गर्नु रहेको उल्लेख गर्नु भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गगां प्रसाद उप्रेतीले वार्षिककोत्सवको दिन हरेक संस्थाका लागि महत्वपूर्ण दिन हुने भन्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिवारलाई बधाई साथै शुभकामना व्यक्त गर्दै प्रतिष्ठानले प्रतिकुल परिस्थितिमा समेत आफ्ना गतिविधिलाई अगाडि बढाई रहेको र .त्यसको सफल निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभयो । संगीत नाटकका क्षेत्रमा अतुलनीय योगदान पु¥याउनु भएका श्रष्टा तथा सर्जकहरुलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि पुरस्कार तथा सम्मानले विशेष भूमिका खेल्ने जानकारी गराउनु हुँदै प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने ६ जना स्रष्टालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठले पुरस्कार तथा सम्मानले श्रष्टाहरुको हौसला बुलन्द गर्ने भएकाले यस वर्षपनि विभिन्न विधाका ६ जना स्रष्टाहरुलाई प्रज्ञा प्रतिष्ठानले सम्मानित गर्न लागेको जानकारी गराउनु भयो । नेपाल सङ्गीत तथा नाट्य कर्मचारी संघका अध्यक्ष हिलारी बन्दु भुजेलले सो अवसरमा व्यक्तिगत तथा कर्मचारी संघको तर्फबाट शुभकामना तथा बधाई दिने क्रममा प्रज्ञा प्रतिष्ठनले स्रष्टा सर्जकका साथ साथै अगामीदिनमा कर्मचारीलाई पनि उत्प्ररित गर्ने खालका कामहरु प्रतिष्ठानले गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्राज्ञ धीरेन्द्र प्रेमर्षिले सहजीकरण गर्नुभएको कार्यक्रममा तीनवटै प्रतिष्ठानका पदाधिकारीहरु तथा सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।