काठमाडौं ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पूर्व) को प्रथम साधारण सभा सम्पन्न भएको छ ।
सभा २०७८ बैशाख ४ गते शनिबार ५२ पोखरी ५३ टाकुरी अवस्थित रुकुमकोटमा सम्पन्न भएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम(पूर्व) को तदर्थ समितिका संयोजक फत्तेकुमारी ओलीको अध्यक्षतामा सम्पन्न रुकुम पूर्वको प्रथम साधारण सभामा राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष मनलाल ओलीको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रमका विशेष अतिथि प्रगतिशील लेखक संघ कर्णाली प्रदेशका अध्यक्ष गिरिप्रसाद बुढा, अतिथिहरूमा राजनीतिज्ञ तथा समाजसेवी नन्दलाल शर्मा, साहित्यकार तथा राजनीतिज्ञ भिमबहादुर खड्का, राजनीतिज्ञ तथा समाजसेवी टोपबहादुर ओली, रेडियो पूर्वी रुकुमका स्टेशन म्यानेजर अमित पुन, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष विष्णु देवकोटा, रेडियोकर्मी तथा सञ्चारकर्मीहरू विक्रम परियार, प्रभात गुरुङ, मीना केसी, जमुना गौतम, उर्मिला गौतम, सर्जना कार्की लगायतका हुनुहुन्थ्यो ।
गोबिन्द पुन गिरीशको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन कमानसिंह विष्टले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा अटल गौतम, अनुजा गौतम, टिकाराम उपाध्या, मोहन बहादुर केसी, उर्मिला गौतम, चेतकुमार बिसी, शिवकुमार शाही, भुवनेश्वर उपाध्या, गोबिन्द पुन गिरिश, कमानसिंह विष्ट, भिमबहादुर खड्का, फत्तेकुमारी ओली, गिरिप्रसाद बुढा लगायतका स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिबाट उद्घाटन भएको राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम(पूर्व) को प्रथम साधारण सभालाई भिमबहादुर खड्का, टोपबहादुर ओली, नन्दलाल शर्मा, गिरिप्रसाद, बुढा, मनलाल ओलीले शुभकामना मन्तव्य दिनुभएको थियो ।
उद्घाटन समारोह पश्चात बन्दसत्र शुरु भएको थियो । बन्दसत्रले तीन सदसीय अध्यक्ष मण्डल निर्माण गरेको थियो । बन्द सत्रमा रासाप रुकुम पूर्व शाखा तदर्थ समितिका संयोजक फत्तेकुमारी ओलीबाट सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो ।
बन्दसत्रबाट ९ सदस्यीय राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको कार्य समिति गठन भयो जसमा अध्यक्ष कमानसिंह विष्ट, उपाध्यक्ष जमूना गौतम, सचिव शिवकुमार शाही, सह सचिव प्रभात गुरुङ, कोषध्यक्ष गोविन्द पुन ‘गिरिश’, सदस्यहरू क्रमश अमित पुन, उर्मिला गौतम, जमुना गौतन, डिकेन्द्र कुमार शाह र भावना खड्का निर्वाचित हुनुभयो । त्यसैगरी उक्त साधारण सभाले फत्तेकुमारी ओली, भुवनेश्वर उपाध्या, मोहन बहादुर केसी र बसन्त पुन रहेको चार सदस्यीय सल्लाहकार समिति चयन ग¥यो ।