काठमाण्डौ ।
राजधानीमा आज भएको एक भव्य समारोहमा वनिता साहित्यिक पत्रिकाले नेपाली भाषा, साहित्य, कला र संगीतका क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने विशिष्ट व्यक्तित्वहरु र फरक क्षमता भएका २१ जना स्रष्टाहरुलाई अभिन्नदन, पुरस्कृत र सम्मानित गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले डा. भोला रिजाललाई माला, खादा र अभिन्नदनपत्र समर्पणगर्दै अभिनन्दन गर्नुभयो ।
पुरस्कृत हुने स्रष्टाहरूमा डा. गोपाल भण्डारी, डा. गोविन्दराज भट्टराई, विजय चालिसे, नारायण तिवारी, ध्रुव मधिकर्मी, अनिल पौडेल, आदिदेखि उमेरले सबैभन्दा कान्छा सात वषिॅय बालक प्रशन्न श्रेष्ठ पनि थिए । प्रशन्न श्रेष्ठलाई वनिता जलेश्वरी बालप्रतिभा पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा अभिनन्दित, पुरस्कृत र सम्मानित हुने स्रष्टाहरू :-
वनिताश्री साहित्य रत्न सम्बुद्ध बहुआयमिक अभिनन्दन २०७७ डा. भोला रिजाल
१) देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार २०७५ (१०,००० राशिसहित) बालसाहित्यकार विजय चालिसे (२०७६) बालसाहित्यकार वशुश्री पाण्डे (२०७७)
२) वनिताश्री डा.नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती सम्मान (५,००० राशिसहित) समालोचक डा. गोपाल भण्डारी (२ं०७६) समालोचक डा. गोविन्दराज भट्टराई (२०७७)
३ं) वनिताश्री देवकुमारी कथा विशिष्ट सम्मान पुरस्कार २०७० कथाकार नारायण तिवारी (२०७६) कथाकार धु्रव मधुकर्मी (२०७७)
४) व्यथित काव्य वनिताश्री पुरस्कार २०७५ (५,००० राशिसहित) कवि अनिल पौडेल (२०७६) कवि दीपा एवाई (२०७७)
५) भद्रकुमारी–प्रा.डा. उषा ठाकुर भाषा विशेष वनिता सम्मान/पुरस्कार (१०,१०० राशिसहित) साहित्यकार विक्रममणि त्रिपाठी (२०७६) साहित्यकार रुमी लस्कर बोरा (२०७७)
६) वनिता बहुआयामिक रञ्जुश्री–दामोदर पुरस्कार (५,५०० राशिसहित) पवन आलोक (कँडेल) २०७७ (पहिलोपटक)
७) वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार (१०,००० राशिसहित) साहित्यकार, अनुवादक महेश पौडेल (२०७६) संगीतकार हरिशरण सायमी (२०७७)
८)वनिताश्री उन्नती गीतसंगीत पुरस्कार २०७५ (५,००० राशिसहित) सुधा पाल्पाली (२०७६) अञ्चित ढुंगाना (२०७७)
९)वनिता विशेष वसुश्री–मधु पुरस्कार (५,००० राशिसहित) गायिका सरिता शाही (२०७६) कृतिका लागि साहित्यकार केदार संकेत सुनुवार (२०७७)
१०) वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार २०७५ (५००० राशिसहित) बहुआयमिक बालक प्रशन्न श्रेष्ठ (२०७६) सुमला राई र केशवप्रसाद पौडल (२०७७) संयुक्तलाई पुरस्कृत र सम्मानित गरिएको थियो ।
वनिताकी सम्पादक प्रकाशक लक्ष्मी उप्रेतीको सभापतित्वमा भएको उक्त कायॅक्रममा भद्रकुमारी घले, विजय चालिसे, डा. भोला रिजाल, महेश पौड्याल र प्राडा उषा ठाकुरले आआफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा पुरस्कृत बालप्रतिभा प्रशन्न श्रेष्ठले निकै सुन्दर नृत्य प्रस्तुत गरेका थिए भने सरिता शाही, सुधा पाल्पाली, सन्देश पौडेल र अंचित ढुंगानाले गीत गाएका थिए ।
कार्यक्रमको सञ्चालन वरिष्ठ कथाकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ले गरेका थिए ।