सुरभि साहित्य प्रतिष्ठानले यही २०७७ साल माघ १७ गतेका दिन आफ्नो १३ औँ स्थापना दिवस सम्पन्न ग¥यो ।
१२१ औँ आख्यान वाचन, अभिनन्दन, पुरस्कार अर्पण, पुस्तक लोकार्पण तथा प्रमाणपत्र वितरण भएको सो कार्यक्रमको सभापतित्व प्रतिष्ठानका संरक्षक श्री वेदमणि घिमिरेले गर्नुभयो । शिक्षा सचिव श्री गोपीनाथ मैनालीज्यूको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा प्रा.डा खगेन्द्रप्र्रसाद लुइटेल, डा. शैलेन्दुप्रकाश नेपाल, प्रतिष्ठानका संरक्षक श्री विजय चालिसे, युवराज मैनाली तथा प्रह्लाद चालिसे, डा. विदुर चालिसे, नरेद्रराज पौडेल, सल्लाहकार श्री वसन्त रिजाललगायतका महानुभावहरू विशिष्ट अतिथिको आशनमा हुनुहुन्थ्यो ।
सो समारोहको स्वागत तथा संस्थाको गतिविधि सम्बन्धमा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल प्रकाश पर्नुभएको थियो भने डा विदुर चालिसको लघुकथा वाचनबाट कार्यक्रम आरम्भ भयो । कार्यक्रम सञ्चालन संस्थाका सहसचिव मेनका पोखरेल आचार्यले गर्नुभयो ।
यसै कार्यक्रममा प्रमुख अतिथि शिक्षा सचिव श्री गोपीनाथ मैनालीले डा. नवराज चालिसेलाई अभिनन्दन गर्नुभयो भने प्रा. माधव भँडारीलाइ नगद राशी रु. २०००१।– को सुरभि–बाजुराम आख्यान साधना पुरस्कार, तेजप्रकाश श्रेष्ठलाई नगद राशी रु. २०००१।–कै सुरभि आख्यान पुरस्कार, गोपाल अश्कलाई नगद राशी रु.१०००१।–सुलेख आख्यान प्रतिभा पुरस्कार, समिना खनाल ‘पृथा’ लाई नगद राशी रु. ७००१।– को सुरभि–प्रह्लाद नारी आख्यान पुरस्कार र वर्षा खड्कालाई रु. ५००१।–को सुरभि–वेदमणि आख्यान वाचन पुरस्कार प्रदान गरिएको थियो ।
त्यसै गरी यसै प्रतिष्ठानले आयोजना गरेको २०७६ को कथा प्रतियोगिताको पुरस्कार कोरोनाका कारण वितरण हुन सकेको थिएन । त्यसै पुरस्कारलाई यही कार्यक्रममा वितरण गरियो । यसको प्रथम पुरस्कार ‘अक्षान्त’ द्वितीय पुरस्कार ललिता ‘दोषी’, तृतीय पुरस्कार केशवराज ज्ञवाली तथा सान्त्वना पुरस्कार प्रवीण खड्का र लक्ष्मी रिजाललाई क्रमशः रु. १०००१।,– ७००१।– ५००१।– र ३००१।– र ३००१।– नगद पुरस्कार तथा प्रमाणपत्र अर्पण गरिएको थियो ।
सोही समारोहमा प्रमुख अतिथिले माधव भँडारीद्वारा लिखित ‘इतिवृत्त र सृजना’ बाजुराम पौडेलको ‘छोडिएका पाइलाहरू’ (निबन्धसङ्ग्रह), पवित्रा अधिकारीको कथासङ्ग्रह ‘देह उत्सव’ र समिना खनाल ‘पृथा’ को कथासङ्ग्रह ‘छोरीको डायरीबाट’ कृतिहरूको लोकार्पण गर्नुभयो भने डा. शैलेन्दुप्रकाश नेपालले लोकार्पित कृतिहरूको समीक्षा गर्नु भएको थियो ।
त्यसैगरी पुरस्कार निर्णय समितिका संयोजक समेत रहनु भएका प्रष्ठिानका संरक्षक श्री युवराज मैनालीले पुरस्कारका उद्देश्य प्रक्रिया र शुद्धताका बारेमा प्रकाश पार्नु भएको थियो भने संरक्षक विजय चालिसेले भाषा साहित्य कला संस्कृति र स्रष्टाहरूप्रति राज्यव्यवस्थाले अझेै चासो नदेखाएको सन्दर्भ उल्लेख गर्नु भयो । प्रा डा. खगेन्द्रप्रसाद लुइटेलले सिर्जना तथा पुरस्कार प्रदान प्रक्रियामा देखापरेका विकृतिप्रति व्यङ्ग्य गर्दै सुरभि साहित्य प्रतिष्ठानले गरेको पुरस्कारका पात्र छनोटका सम्बन्धमा प्रशंसा गर्नुभयो ।
प्रमुख अतिथि शिक्षा सचिव श्री गोपीनाथ मैनालीले भाषा साहित्य कला र संस्कृतिप्रति राज्य व्यवस्थाले क्रमशः सकारात्मक सोच निर्माण गर्दै यस क्षेत्रको समृद्धि र विकासका लागि उल्लेख्य उद्देश्य राखेको सन्दर्भ व्यक्त गर्नुभयो । अब देशमा साहित्य कला र संस्कृतिको समृद्धिको सुखद अनुभूतिका दिन चाँडै नै आउने आशा व्यक्त गर्नु भएको थियो ।
यस कार्यक्रमका सभापति श्री वेदमणिले उपस्थित अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभयो ।